Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच करिब एक घण्टा लामो छलफल भएको छ। शनिबार लामिछानेको निवासमा भएको भेटमा संसदभित्रको सहकार्य र आगामी राजनीतिक रणनीतिबारे कुरा भएको जनाइएको छ।

छलफल विशेषगरी प्रतिनिधिसभाको उपसभामुख पदमा केन्द्रित रहेको बताइएको छ। सभामुखमा डीपी अर्याल निर्वाचित भइसकेपछि उपसभामुख फरक दलबाट हुनुपर्ने प्रावधानअनुसार अब सो पद कसले पाउने भन्ने विषयमा दुवै पक्षबीच संवाद भएको हो।

स्रोतका अनुसार यो भेट औपचारिक मात्र नभई ठोस निर्णयतर्फ उन्मुख रहेको थियो। उपसभामुख पदका लागि समर्थन आदान–प्रदान, संसदमा सहकार्यको ढाँचा तथा भविष्यका सम्भावित राजनीतिक समीकरणबारे खुलेर छलफल भएको जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया