समाचार सुन्नुहोस :
काठमाडौँ – धनुषाको लालगढबाट सशस्त्र प्रहरीका एक इन्स्पेक्टर घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा इन्स्पेक्टर वकिल अधिकारी रहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो। उनको साथबाट ४० हजार रुपैयाँ नगद बरामद गरिएको अख्तियारका एक अधिकृतले जानकारी दिएका छन्।
उनीमाथि कमला–ढल्केबर–बागमती सडक खण्डमा माटो तथा ग्राभेल फिलिङको काममा प्रयोग हुने सवारी साधन रोक्ने र अवरोध सिर्जना गर्ने गरेको तथा त्यसै क्रममा घुस माग्ने गरेको आरोप लागेको छ।








