Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। उनले शुक्रबार संघीय संसद् सचिवालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। उनको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा सोविता गौतम छन्।

यसअघि बिहीबार बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले अर्यालको नाम सभामुखका लागि प्रस्ताव गरेका थिए। संघीय संसद् सचिवालयका अनुसार सभामुख चयनका लागि आइतबार मतदान हुने तय गरिएको छ भने उम्मेदवारी दर्ता शुक्रबार गरिएको हो।

तपाईको प्रतिक्रिया