Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं –  नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । प्रतिवेदनमा उल्लेख भए अनुसार सुरक्षा निकायको हकमा थप अध्ययन समिति गठन गरी त्यसले भने अनुसार र बाँकीको हकमा तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

बालेन शाह प्रधानमन्त्री बनेपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको थियो । उक्त बैठकका निर्णय सुनाउँदै सरकार प्रवक्ता सस्मित पोखरेलले कार्की आयोगले नेपाल सरकारसमक्ष पेस गरेका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको बताए । ‘आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गरेको सिफारिस बमोजिम गर्ने निर्णय भएको छ,’ उनले भने ।

अन्यको हकमा कार्की आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको पनि उनले जानकारी दिए । यस्तै, जेन-जी आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया