Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठन भएको नयाँ मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । १५ सदस्यीय यस मन्त्रिमण्डलमा महिला प्रतिनिधित्वलाई विशेष प्राथमिकता दिँदै पाँचजना महिलालाई मन्त्रीको जिम्मेवारी सुम्पिएको छ ।

नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । प्रधानमन्त्री शाहले आफ्नो टिममा युवा र समावेशी अनुहारहरूलाई समेट्दै नयाँ सरकारको कार्यदिशा प्रष्ट पारेका छन् ।

मन्त्रिमण्डलमा स्थान पाउने महिला मन्त्रीहरू र उनीहरूको कार्यविभाजन निम्नअनुसार छ:

१. सोविता गौतम: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री

२. प्रतिभा रावल: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

३. निशा मेहता: स्वास्थ्य तथा जनसंख्या मन्त्री

४. गीता चौधरी: कृषि तथा पशुपन्छी विकास मन्त्री

५. सीता वादी: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् गठन गर्दा क्षेत्रीय र जातीय सन्तुलन मिलाउने प्रयास गरेका छन् । मधेशी समुदायको प्रतिनिधित्व गर्दै निशा मेहता, थारु समुदायबाट गीता चौधरी र सीमान्तकृत वादी समुदायको प्रतिनिधित्व गर्दै सीता वादी मन्त्री बन्नुले सरकारको समावेशी चरित्रलाई थप बलियो बनाएको छ ।

तपाईको प्रतिक्रिया