Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – नेपाली राजनीतिको परम्परागत धारलाई चिर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) मुलुकको कार्यकारी प्रमुखको पदमा आसिन भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच ३६ वर्षीय शाहलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट भारी मतान्तरसहित विजयी भएका शाहले पहिलोपटक संसद् प्रवेश गरेकै अवसरमा देशको सर्वोच्च कार्यकारी पद सम्हाल्ने अवसर पाएका हुन् । उनले सो क्षेत्रमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झण्डै ५० हजारको फराकिलो मतान्तरले पराजित गरेका थिए ।

संवैधानिक र सामाजिक इतिहासमा नयाँ मानक
बालेनको यो नियुक्तिले नेपालको संवैधानिक र सामाजिक इतिहासमा दुईवटा महत्वपूर्ण मानक स्थापना गरेको छ । नेपालको संविधान २०७२ जारी भएपछि धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त हुने उनी पहिलो व्यक्ति बनेका छन् । यसअघिका सरकारहरू मिलिजुली वा अल्पमतको सहारामा बन्ने गरेका थिए । यसैगरी, मधेशी समुदायको पृष्ठभूमिबाट नेपालको प्रधानमन्त्री बन्ने बालेन पहिलो व्यक्तित्व हुन्

यस्तो छ बालेन सरकारको मन्त्रिमण्डल
प्रधानमन्त्री शाहले आफ्नो नेतृत्वमा सानो र विज्ञतामा आधारित मन्त्रिमण्डल गठन गरेका छन् । आफूले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीले अन्य महत्वपूर्ण मन्त्रालयहरूमा पार्टीका प्रभावशाली नेताहरूलाई जिम्मेवारी सुम्पिएका छन् ।

मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहँदै डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कमान सम्हालेका छन् भने तेस्रो वरीयताका सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । बालेन सरकारका अन्य मन्त्री र उनीहरूको कार्यविभाजन निम्नअनुसार छ:-

  • शिशिर खनाल: परराष्ट्र मन्त्रालय
  • सुनिल लम्साल: भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास
  • विराजभक्त श्रेष्ठ: ऊर्जा, जलस्रोत तथा सिंचाइ
  • खड्कराज पौडेल (गनेश): संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
  • सस्मित पोखरेल: शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद
  • निशा मेहता: स्वास्थ्य तथा जनसंख्या
  • विक्रम तिमिल्सिना: सञ्चार तथा सूचना प्रविधि
  • प्रतिभा रावल: संघीय मामिला तथा सामान्य प्रशासन
  • दीपक साह (महोत्तरी): श्रम, रोजगार तथा सामाजिक सुरक्षा
  • सोविता गौतम: कानुन, न्याय तथा संसदीय मामिला
  • गीता चौधरी: कृषि, पशुपन्छी विकास र वन तथा वातावरण
  • सीता वादी: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

 

तपाईको प्रतिक्रिया