Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन शाहको नेतृत्वमा बन्ने मन्त्रिपरिषद्को अन्तिम सूची तयार गरेको छ। शाहले शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा मध्याह्न १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीका रूपमा शपथ लिने कार्यक्रम तय भएको छ।

तय गरिएको सूचीअनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल र गृहमन्त्रीमा सुदन गुरुङ रहनेछन्। सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावलले सम्हाल्नेछिन् भने पर्यटन मन्त्रालय गणेश पौडेललाई दिइएको छ। उद्योग मन्त्रालय अमरेशकुमार सिंहले पाउने भएका छन् भने भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सुनिल लम्शाललाई दिइएको छ। ऊर्जा तथा जलस्रोत मन्त्रीमा विराज भक्त श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादी रहनेछन्।

शिक्षा मन्त्रालय सस्मित पोखरेल, सूचना तथा सञ्चार मन्त्रालय विक्रम तिमिल्सेना, कृषि मन्त्रालय गीता चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहताले सम्हाल्नेछन्। श्रम मन्त्रालय दिपक शाहलाई दिइएको छ। यसैबीच रास्वपाले उपसभापति डिपी अर्याललाई सभामुख बनाउने निर्णय पनि गरेको छ।

तपाईको प्रतिक्रिया