Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – १० वर्षे सशस्त्र द्वन्द्वका ‘सुप्रिम कमान्डर’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ‘सह-कमान्डर’ रामबहादुर थापा ‘बादल’ बिहीबार संघीय संसद्‌मा एउटै लहरको एउटै टेबलमा देखिए । विगतमा एउटै मोर्चा र एउटै पार्टीमा रहेर पञ्चायतदेखि राजतन्त्रसम्म विरुद्ध लडेका यी दुई नेता अहिले भने भिन्न राजनीतिक कित्तामा उभिएर संसद्‌को एउटै टेबल ‘सेयर’ गर्न पुगेका हुन् ।

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक प्रचण्ड र एमाले उपाध्यक्ष बादलका लागि साथै बस्ने व्यवस्था मिलाइएको थियो । २१ फागुनको निर्वाचनपछि खुम्चिएको दलीय आकारका कारण पनि दुई ठूला कम्युनिस्ट धारका यी शीर्ष नेताले एउटै टेबल साझा गर्नुपरेको हो । समारोहमा थापा सहज देखिए पनि १७ सिटमा सीमित दाहाल भने केही उकुशमुकुश मुद्रामा देखिन्थे ।

पार्टी विभाजनका बेला प्रचण्डको साथ छाडेर एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘संकटको सारथी’ बनेका बादल यसपटक एमालेबाट संसदीय दलको नेता बन्ने तयारीमा छन् । बादलले २५ सांसदको नेतृत्व गर्नेछन् भने प्रचण्ड १७ सांसदसहित आफ्नो दलको नेता बन्ने निश्चित छ ।

२०६५ सालमा प्रचण्डल प्रधानमन्त्री हुँदा बादल रक्षामन्त्रीका रूपमा पहिलो लहरमै हुन्थे । तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाल प्रकरणमा सँगै राजीनामा दिएका यी सहयोद्धाबीच २०६९ मा मोहन वैद्य नेतृत्वमा पार्टी विभाजन हुँदा पहिलोपटक दूरी बढेको थियो । नेकपाकालमा पुनः जुटेका उनीहरू सर्वोच्चको फैसलासँगै २०७७ फागुनदेखि अलग-अलग दलमा छन् ।

विगतमा युद्धको रणनीति बनाउने यी दुई पात्र अब संसद्‌भित्रैबाट एकअर्काको राजनीतिक शक्ति र एजेन्डाको सामना गर्ने तयारीमा छन् । कुनै समयका अटुट ‘विश्वासपात्र’ थापा र दाहालको यो संसद् बसाई राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया