Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। फागुन २१ मा सम्पन्न निर्वाचनबाट निर्वाचित २७४ सांसदले सिंहदरबारस्थित नयाँ बहुउद्देश्यीय हलमा शपथ लिएका हुन्। उनीहरूलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराएका थिए। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई शपथ गराएका थिए।

संघीय संसद् सचिवालयका अनुसार कुल सांसदमध्ये ४७ जनाले नेपाली बाहेकका भाषामा शपथ लिएका छन्। तीमध्ये १७ जनाले मैथिली भाषामा शपथ ग्रहण गरेका छन्। निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जितेको छ। नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया