काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज शपथ ग्रहण गराइने कार्यक्रम तय भएको हो। शपथ समारोह सिंहदरबारस्थित संघीय संसद् भवनमा हुनेछ।
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउने छन्। केसीले यसअघि बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफैं शपथ लिएका थिए।
लाइभ :








