Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भदौ २३ र २४ गते राजधानीमा भएको जेन्जी आन्दोलनका क्रममा देखिएको हिंसा, तोडफोड र लुटपाटबारे छानबिन आयोगले टीओबी समूहका सदस्यहरूमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ।

आयोगको प्रतिवेदनअनुसार भदौ २३ गते चाबहिल–ओम अस्पताल क्षेत्रबाट धोबीखोला कोरिडोर हुँदै बिजुली बजार र नयाँ बानेश्वर पुगेका उक्त समूहका सदस्यहरूले प्रदर्शनलाई भड्काउने र भीडलाई नियन्त्रणबाहिर लैजाने काम गरेका थिए। उनीहरूको गतिविधिले हिंसा बढाएको निष्कर्ष निकाल्दै फौजदारी संहिताअनुसार मुद्दा चलाउन भनिएको छ।

त्यसैदिन संसद् भवन क्षेत्रमा भएको गोलीकाण्डमा संलग्न रहेको आशंकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिम्मेवार अधिकृत तथा जवानहरूमाथि पनि जवाफदेही बनाइनुपर्ने आयोगको सुझाव छ।भदौ २४ गते पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेताहरूको घरमा भएको आगजनी र आक्रमणलाई केवल जनआक्रोश भन्न नमिल्ने आयोगले स्पष्ट पारेको छ। देउवा निवासमा भेटिएको नगदको स्रोत र वैधताबारे पनि गम्भीर अनुसन्धान गर्नुपर्ने भनिएको छ।

आयोगले आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटमा केही राजनीतिक दलका नेता तथा कार्यकर्ताको समेत संलग्नता देखिएको उल्लेख गरेको छ। अनुसन्धानका लागि सीसीटीभी फुटेज, श्रव्य–दृश्य सामग्री तथा दूरसञ्चार डाटा मुख्य आधार बनाइएको प्रतिवेदनमा उल्लेख छ।

तपाईको प्रतिक्रिया