Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १५ रुपैयाँले मूल्य वृद्धि गरिएको हो।

नयाँ दरअनुसार पेट्रोल पहिलो वर्गमा १८४ रुपैयाँ ५० पैसा, दोस्रोमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रोमा १६६ रुपैयाँ र तेस्रोमा १६७ रुपैयाँ कायम गरिएको छ।

निगमका अनुसार मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यका आधारमा स्वचालित प्रणालीअनुसार समायोजन गर्न नसकिएको भन्दै निगमले मूल्य बढाउनुपरेको जनाएको छ।

तपाईको प्रतिक्रिया