समाचार सुन्नुहोस :
काठमाडौँ – टोकियोमा रहेको चिनियाँ दूतावासमा जापानी आत्मरक्षा बलका एक सदस्यले अवैध रूपमा प्रवेश गरेपछि जापान र चीनबीच कूटनीतिक तनाव बढेको छ। जापानले घटनालाई गम्भीर मान्दै अनुसन्धान सुरु गरेको छ भने चीनले औपचारिक रूपमा कडा आपत्ति जनाएको छ।
यसै घटनामा प्रहरीले २३ वर्षीय कोडाई मुरातालाई दूतावास परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ गरेको छ। प्रारम्भिक बयानमा उनले चिनियाँ राजदूतलाई भेटेर केही विषयमा ध्यानाकर्षण गराउने योजना बनाएको बताएका छन्। घटनास्थलबाट छुरीसमेत बरामद भएकोले सुरक्षा चिन्ता बढेको छ।
जापान सरकारका प्रवक्ताले यस्तो घटना दुर्भाग्यपूर्ण भएको भन्दै पुनः नदोहो¥यिने उपाय अपनाइने बताएका छन्। उता, चीनले घटनालाई गम्भीर रूपमा लिँदै कूटनीतिक विरोध जनाएको छ। पहिलेदेखि नै संवेदनशील अवस्थामा रहेको दुई देशबीचको सम्बन्ध यस घटनापछि थप तनावपूर्ण बन्ने संकेत देखिएको छ।








