समाचार सुन्नुहोस :
काठमाडौँ – अख्तियार प्रमुख प्रेमकुमार राईसहित १० जना उच्च अधिकारीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकको सम्बन्ध नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीसँग जोडिएको देखिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकमाथि संगठित अपराधअन्तर्गत अनुसन्धान भइरहेको छ। प्रारम्भिक बयानमा पाठकले दुई करोड रुपैयाँ लिएर धम्की दिएको बताएका छन्। जसमा प्रदीप अधिकारीको नाम जोडिएको छ। तर प्रहरीले उक्त दाबी पुष्टि गर्न प्रमाण संकलन गरिरहेको जनाएको छ। यस घटनामा सोधपुछका लागि अधिकारीलाई पनि ल्याइएको थियो, तर उनले आरोप अस्वीकार गरेका छन्।
पाठकले यसअघि ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामबाट इमेलमार्फत धम्की दिएका थिए। उनलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। प्रहरीका अनुसार उनीमाथि यसअघि पनि ठगीसम्बन्धी मुद्दाहरू रहेका छन् र थप अनुसन्धान जारी छ।








