समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। यस दिन सुन प्रतितोला १४ हजार ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार सुन २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढ्दै तोलामा ४१५ रुपैयाँले उकालो लागेर ४ हजार ९२० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार चाँदी ४ हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको असर नेपाली बजारमा समेत देखिएको हो। मूल्य बढेसँगै सुनचाँदीमा लगानी गर्ने र किन्ने दुवै समूह प्रभावित भएका छन्।








