Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११:१५ बजे शपथ कार्यक्रम हुने जनाइएको छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदमध्ये केसी सबैभन्दा ज्येष्ठ सदस्य हुन्। यस निर्वाचनमा प्रत्यक्ष प्रणालीबाट १६५ र समानुपातिकतर्फ ११० जना सांसद चयन भएका छन्। केसी नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन्।

ज्येष्ठ सदस्यको हैसियतमा केसीले अब अन्य सांसदलाई शपथ गराउनेछन्। यसअनुसार चैत १२ गते प्रतिनिधिसभामा निर्वाचित सबै सांसदलाई पद तथा गोपनीयताको शपथ दिलाउने कार्यक्रम तय गरिएको छ।

तपाईको प्रतिक्रिया