Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की चाँडै पदबाट अलग हुने तयारीमा रहेकी छन्। प्रस्तावित प्रधानमन्त्री बालेन शाहले शुक्रबार पदभार ग्रहण गर्ने र सोही दिन शपथ लिने कार्यक्रम तय गरिएको छ।

कार्यकाल सकिनुअघि नै कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नियमित कामकाज छाडिसकेकी छन्। कार्यालय स्रोतका अनुसार उनले अब नआउने जानकारी दिँदै औपचारिक बिदाइसमेत नगरी सहज रूपमा पदबाट विदा लिएकी हुन्। यसबीच, बालुवाटारस्थित सरकारी निवासबाट उनका सामानहरू टोखास्थित निजी घरमा सारिसकिएको छ। त्यहाँ सुरक्षाका आवश्यक संरचना तयार गर्ने काम पनि भइरहेको जनाइएको छ।

सचिवालयका अनुसार नयाँ प्रधानमन्त्रीको शपथपछि कार्की सीधै निजी निवासमा बसाइ सर्ने तयारीमा छन्। अब पूर्वप्रधानमन्त्रीको हैसियतमा उनको सुरक्षाका लागि अतिरिक्त प्रबन्ध गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया