Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बर्दियामा स्थानीयले हुलाकी राजमार्ग अवरुद्ध गरेपछि स्थिति तनावपूर्ण बनेको छ। प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले हवाई फायर गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रमेश विष्टका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि अवस्था नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो। केही दिनअघि मादक पदार्थ सेवन गरेर घर फर्किएका दुई युवक बिरामी परेका थिए। उपचारका क्रममा उनीहरूको मृत्यु भएपछि आक्रोशित स्थानीयले गणेशपुर क्षेत्रमा सडक अवरुद्ध गर्दै क्षतिपूर्तिको माग गरेका छन्।

प्रहरीले मृतकहरू लागुऔषध प्रयोगकर्ता हुन सक्ने आशंका व्यक्त गरेको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया