Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानको रक्षा मन्त्रालयले प्रशान्त महासागरस्थित सुदूर पूर्वी टापु ‘मिनामितोरिशिमा’ मा पहिलो पटक सतहबाट जहाजमा प्रहार गर्ने (सर्फेस-टु-शिप) मिसाइल प्रणाली तैनाथ गर्ने भएको छ । राष्ट्रिय समाचार संस्था एनएचकेका अनुसार आगामी जुन महिनादेखि नै यसको प्रक्रिया सुरु हुनेछ ।

जापानी ग्राउन्ड सेल्फ-डिफेन्स फोर्सको ‘टाइप-१२’ मिसाइल प्रणालीका लागि उक्त टापुमा एउटा फायरिङ रेन्ज (अभ्यास स्थल) निर्माण गरिने योजना छ । यस प्रणालीमा मिसाइल लन्चर, लक्ष्य निर्धारणका लागि मध्यम खालका ड्रोन र जहाजबाट निस्कने रेडियो तरंगहरूको विश्लेषण गर्ने प्रविधि समावेश हुनेछन् ।

मन्त्रालयले सन् २०२७ देखि मिसाइल परीक्षण तथा अभ्यास सुरु गर्ने लक्ष्य राखेको छ । यद्यपि, तत्कालका लागि मिसाइलहरू नै उक्त टापुमा नलगिने र केवल उपकरणहरूले सामान्य रूपमा काम गर्छन् वा गर्दैनन् भन्ने परीक्षण गरिने जनाइएको छ । यी मिसाइलहरूको मारक क्षमता १०० किलोमिटरभन्दा बढी रहेको छ ।

टोकियोबाट करिब २,००० किलोमिटर दक्षिण-पूर्वमा अवस्थित ओगासावारा टापु समूहमा पर्ने मिनामितोरिशिमामा कुनै मानव बस्ती छैन । त्यहाँ केवल सुरक्षाकर्मी र मौसम विभागका कर्मचारीहरू मात्र खटिएका छन् ।

पछिल्लो समय चीनले प्रशान्त महासागर क्षेत्रमा आफ्ना विमानवाहक जहाजहरूको उपस्थिति र सैन्य गतिविधि तीव्र बनाएपछि जापानले आफ्नो समुद्री सुरक्षा रणनीतिमा कडाइ गर्दै यो कदम चालेको विश्लेषण गरिएको छ ।

तपाईको प्रतिक्रिया