Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानले कोरोनाभाइरस विरुद्धको खाने औषधी ‘जोकोभा’लाई संक्रमण हुनुअगावै रोकथामका लागि प्रयोग गर्न अनुमति दिएको छ । यस्तो अनुमति दिने जापान विश्वकै पहिलो देश बनेको छ ।

जापानका स्वास्थ्य मन्त्री केनिचिरो उएनोले मार्च २३ मा सो औषधीलाई ‘निवारक प्रशासन’का रूपमा प्रयोग गर्न अनुमति दिइएको जानकारी दिए । यसअघि इन्फ्लुएन्जाका औषधीहरू रोकथामका लागि प्रयोग गर्ने गरिए पनि कोरोनाको हकमा भने यो पहिलो अभ्यास हो ।

अब कोरोना संक्रमित व्यक्तिसँगै बस्ने र गम्भीर बिरामी हुने उच्च जोखिम रहेका व्यक्तिहरूले संक्रमणबाट बच्न यो औषधी अग्रिम रूपमा सेवन गर्न सक्नेछन् । यो अनुमति १२ वर्ष र सोभन्दा माथिका व्यक्तिका लागि दिइएको हो । चिकित्सकका अनुसार यो औषधीको पाँच दिने कोर्स अन्तर्गत पहिलो दिन तीन चक्की र त्यसपछिका चार दिन दैनिक एक-एक चक्की खानुपर्ने हुन्छ ।

उत्पादक कम्पनी ‘सिओनोगी एन्ड कम्पनी’ ले सार्वजनिक गरेको क्लिनिकल ट्रायलको तथ्याङ्क अनुसार, संक्रमितसँगै बस्ने २ हजार ४१ जनामा गरिएको परीक्षणमा यो औषधीले संक्रमणको जोखिमलाई ६७ प्रतिशतले कम गरेको पाइएको छ । जोकोभा औषधीलाई जापानले सन् २०२२ को नोभेम्बरमा आपत्कालीन प्रयोगको अनुमति दिएको थियो भने सन् २०२४ को मार्चमा यसलाई पूर्ण प्रयोगको स्वीकृति प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया