Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानको ओसाकामा एक चिनियाँ नागरिकलाई ‘स्टन गन’ (विद्युतीय झट्का दिने उपकरण) प्रयोग गरी ५० लाख येन लुटपाट गरेको आरोपमा प्रहरीले २२ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । गत फेब्रुअरी २५ मा ओसाकाको सुभियोशी वार्डमा भएको उक्त लुटपाटको घटनामा संलग्न योशिमित्सु सुगालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ठेगाना र पेशा नखुलेका सुगाले आफैँ प्रहरी चौकीमा उपस्थित भई आत्मसमर्पण गरेका हुन् । उनीमाथि डकैती र कुटपिटको अभियोगमा अनुसन्धान अघि बढाइएको छ प्रहरीका अनुसार उक्त घटनामा संलग्न दुईजना १८ वर्षीय किशोरहरू यसअघि नै पक्राउ परिसकेका छन् । तीमध्ये एकजनाले घटनास्थलमा निगरानी (लुकाउट) राख्ने र अर्काले सवारी चालकको भूमिका निर्वाह गरेका थिए । पक्राउ परेका तीनैजना ‘टोकुरियु’ भनिने अज्ञात र मोबाइलमार्फत सञ्चालित हुने एउटा आपराधिक समूहको सदस्य हुन सक्ने आशंकामा प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ ।

गत फेब्रुअरी २५ का दिन ३७ वर्षीय एक चिनियाँ नागरिक (कम्पनी कर्मचारी) सुभियोशी वार्डको सडकमा पैदल हिँडिरहेका थिए । सोही क्रममा आक्रमणकारीले उनीमाथि ‘स्टन गन’ प्रहार गरी शरीरमा विद्युतीय झट्का दिएका थिए । पीडित असहाय बनेपछि आक्रमणकारीले ५० लाख येन नगद र अन्य महत्वपूर्ण सामान भएको झोला लुटेर फरार भएका थिए ।

प्रहरी हिरासतमा रहेका मुख्य अभियुक्त सुगाले हाललाई बयान दिन अस्वीकार गरेका छन् । उनले प्रहरीलाई भनेका छन्, ‘म अहिले कुनै पनि प्रश्नको जवाफ दिन सक्दिनँ ।’

तपाईको प्रतिक्रिया