Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पश्चिम एसियामा बढ्दो युद्ध र तनावबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक सार्वजनिक रूपमा धारणा राखेका छन्। लोकसभामा सम्बोधन गर्दै उनले वर्तमान अवस्था गम्भीर रहेको बताउँदै तत्काल तनाव अन्त्य गर्न आग्रह गरेका छन्।

मोदीले समस्याको समाधान संवाद र कूटनीतिमार्फत खोजिनुपर्ने उल्लेख गर्दै नागरिक बस्ती र ऊर्जा संरचनामाथि हुने आक्रमण अस्वीकार्य रहेको बताए। विशेषगरी विश्व व्यापारको महत्त्वपूर्ण मार्ग स्ट्रेट अफ होर्मुजमा अवरोध पुर्‍याउने कार्य भारतका लागि स्वीकार्य नहुने उनले कडा चेतावनी दिएका छन्।

युद्धको प्रभाव कम गर्न भारतले ऊर्जा आपूर्ति सुरक्षित बनाउन विभिन्न देशबाट आयात बढाएको छ भने रणनीतिक पेट्रोलियम भण्डार पनि विस्तार गर्ने तयारीमा रहेको जानकारी दिए। पश्चिम एसियामा रहेका भारतीय नागरिकको सुरक्षालाई प्राथमिकता दिइएको उनले बताए। हालसम्म लाखौँ नागरिक सुरक्षित फर्किसकेका छन्। मोदीले विश्व आपूर्ति प्रणालीमा असर नपरोस् भनेर सक्रिय पहल भइरहेको र भारत सधैँ शान्तिको पक्षमा रहने स्पष्ट पारे।

तपाईको प्रतिक्रिया