Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानमा अपाङ्गता भएका व्यक्तिहरूलाई होटल तथा रिसोर्टहरूले बास दिन अस्वीकार गरेका घटनाहरू सार्वजनिक भएपछि सामाजिक विभेदको विषयले चर्चा पाएको छ ।

सन् २०२३ जुन महिनामा साइतामा प्रान्तको ‘नोनोहाना’ नामक बौद्धिक अपाङ्गता कल्याण केन्द्रले आफ्ना १८ जना सदस्य र कर्मचारीका लागि नासुस्थित एक रिसोर्टमा कोठा बुक गर्न खोज्दा होटल कर्मचारीले ‘हामी यस्ता समूहलाई अनुमति दिँदैनौं’ भन्दै फोन काटिदिएका थिए । वर्षौंपछि घुम्न जाने तयारीमा रहेका अपाङ्गता भएका व्यक्तिहरू यस घटनाबाट मर्माहत भएका छन् ।

होटल प्रशासले पछि यस घटनाप्रति माफी माग्दै कर्मचारीहरूमा स्पष्ट नियम र तालिमको अभाव भएको स्वीकार गरेको छ । तर, यस्ता घटना यो मात्र एक्लो होइन । सन् २०२४ अप्रिलमा पनि सुस्तश्रवण भएका चार महिलाहरूलाई एक जापानी इनले ‘साथमा सुन्न सक्ने मान्छे नभएको’ भन्दै बास दिन मानेन ।

जापानको परिमार्जित ‘होटल व्यवसाय ऐन’ अनुसार संक्रामक रोग जस्ता विशेष कारणबाहेक होटलले पाहुनालाई बास दिन इन्कार गर्न पाउँदैनन् । साथै, अपाङ्गता भएका व्यक्तिहरूका लागि ‘मुलुकको भेदभाव निवारण ऐन’ ले ‘उचित आवास र सुविधा’ प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर, हालै कानुनमा थपिएको ‘अनुचित माग’ (कस्टमर ह्यारासमेन्ट) सम्बन्धी प्रावधानले नयाँ अन्योल सिर्जना गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि लड्ने संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् कि होटलहरूले अपाङ्गता भएका व्यक्तिका जायज मागहरूलाई पनि ‘ह्यारासमेन्ट’ वा ‘अनुचित माग’ को लेबल लगाएर सेवा दिन इन्कार गर्न सक्छन् ।

अधिकारकर्मी कोजी ओनोउ भन्छन्, ‘यदि कानुनको स्पष्ट व्याख्या र चेतना अभिवृद्धि भएन भने, व्यवसायीहरूले कानुनी अस्पष्टताको फाइदा उठाउँदै विभेद जारी राख्नेछन् ।’ पीडितहरूका अनुसार यो केवल प्राविधिक समस्या मात्र नभई समाजमा गडेर रहेको गहिरो विभेदकारी सोचको परिणाम हो ।

तपाईको प्रतिक्रिया