Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – फिल्म ‘आबाट आमा’ले प्रदर्शनको ५१ दिन पूरा गरेको अवसरमा आइतबार राजधानीमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा निर्माताले फिल्मसँग जोडिएका प्राविधिक, कलाकार, सञ्चारकर्मी, वितरक र प्रदर्शकलाई सम्मान गरेका छन्। निर्देशक चन्द्र पन्तले फिल्मलाई साथ र माया दिएकोमा दर्शकप्रति आभार व्यक्त गरे। उनका अनुसार हाल यो फिल्म देशभरका २५ वटा हलमा प्रदर्शन भइरहेको छ र यही क्रममा ५१ दिन पूरा गरेको हो।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले अहिलेसम्म करिब १३ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरिसकेको छ। पहिलो भागले राम्रो व्यापार गरेपछि कार्यक्रममा नै यसको दोस्रो श्रृंखला ल्याउने घोषणा गरिएको छ। निर्देशक पन्तले बैशाखको दोस्रो सातादेखि ‘आबाट आमा २’को छायांकन सुरु गर्ने तयारी भइरहेको जानकारी दिए। उनले दोस्रो भागको कथा अघिल्लोभन्दा पूर्ण रूपमा फरक हुने बताए। उनका अनुसार नयाँ कथासँगै फरक भावनात्मक प्रस्तुति रहनेछ र दुवै भागबीच कथा जोडिने छैन।

दोस्रो श्रृंखलामा नयाँ कलाकारहरूलाई प्राथमिकता दिइने बताइएको छ। हालसम्म पल शाह मात्र यसमा अनुबन्धित भएका छन् भने अन्य कलाकारको टुंगो लाग्न बाँकी छ। प्राविधिक टोली भने पहिलो भागकै निरन्तरता रहने निर्देशक पन्तले जानकारी दिए।

तपाईको प्रतिक्रिया