Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले आज (मंगलबार) प्रधानमन्त्रीको शपथ लिँदै छन् । गत बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बीएनपीले दुई तिहाइभन्दा बढी सिटमा जित हासिल गरेपछि उनले सत्ताको नेतृत्व सम्हाल्न लागेका हुन् ।

ढाकास्थित संसद् भवनको दक्षिण प्लाजामा शपथ समारोह आयोजना गरिएको छ । बंगलादेशी सञ्चारमाध्यम ‘द डेलिस्टार’ का अनुसार बिहान १० बजे सांसदहरूको र दिउँसो ४ बजे प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ हुने तयारी छ । ठूलो संख्यामा अतिथिहरू सहभागी हुने भएपछि यस पटक शपथ ग्रहण समारोह राष्ट्रपति निवास (बंगभवन) को सट्टा संसद्को खुल्ला क्षेत्रमा राखिएको हो ।

अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनिसले शपथ समारोहका लागि नेपाल, भारत, चीन, पाकिस्तान र साउदी अरेबियासहित विभिन्न मुलुकका सरकार प्रमुखहरूलाई निम्तो पठाएका छन् । नेपालको तर्फबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा समारोहमा सहभागी हुन सोमबार नै ढाका पुगिसकेका छन् । भारतबाट लोकसभाका सभामुख ओम बिर्ला र पाकिस्तानबाट योजना मन्त्री असन इक्वा सहभागी हुने बताइएको छ ।

२ सय ९९ सिटमध्ये गणना भएका २ सय ९७ स्थानमा बीएनपीले २ सय ९ सिट जितेको छ । ३ सय प्रत्यक्ष र ५० आरक्षित गरी ३ सय ५० सदस्यीय संसद्मा यस पटक धेरै नयाँ अनुहार देखिनेछन् । बीएनपीका १ सय ३२ र जमात-ए-इस्लामीका ५९ सांसद पहिलो पटक निर्वाचित भएका हुन् ।

विद्यार्थी आन्दोलनका कारण डेढ वर्षअघि शेख हसिनाको सरकार ढलेपछि बंगलादेशमा यो निर्वाचन भएको हो । आन्दोलनका क्रममा १ हजार ४ सयभन्दा बढीको ज्यान गएको थियो भने हसिना हाल भारतमा निर्वासित छिन् । उनको दल अवामी लिगलाई यस पटक निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो । 

तपाईको प्रतिक्रिया