काठमाडौं – आयोजक भारतले टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणमा लगातार तेस्रो जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६१ रनले हराएको हो । योसँगै भारतले सुपर एटमा स्थान पनि बनाएको छ ।
पराजित भए पनि यसअघिका दुई खेल जितेको पाकिस्तानको पनि सम्भावना भने कायमै छ । भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमै अलआउट भयो ।
भारतले पहिलो खेलमा अमेरिकालाई २९ रनले हराएको थियो भने दोस्रो खेलमा नामिबियालाई ९३ रनले पराजित गरेको थियो । अर्कोतर्फ पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३ विकेटले हराएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ३२ रनले पराजित गरेको थियो ।








