काठमाडौं – टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गरिरहेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १२३ रन बनाएको छ ।
नेपाल १९.३ ओभरमा १२३ रनमा अलआउट भयो । टोलीका मुख्य ब्याट्सम्यानमध्ये आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २०, दीपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए । करण केसी १८ रनमा अविजित रहे, तर अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ, इटालीका क्रिसन कलुगामागेले ३ विकेट लिए भने बेन मनेन्टीले २ विकेट लिए । त्यसैगरी अली हसन, जे जे स्मट्स र जसप्रीत सिंहले एक-एक विकेट लिए ।








