Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा काठमाडौँ गोर्खाजले विजयी सुरुवात गरेको छ । सोमबार उद्घाटन खेलमा काठमाडौँले साबिक विजेता जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको हो । जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पूरा गर्‍यो ।

काठमाडौँका बेन चार्ल्सवर्थले सर्वाधिक ४६ रन बनाए । आकाश त्रिपाठीले ४५ बलमा ५ चौकासहित ३९ रन बनाए । मिलिन्दा कुमार १९, जोन सिम्पसनले १३ रन र भीम सार्की ३ रनमा आउट भए। किशोर महतो, ललितनारायण राजवंशी, जोन निकोल लोफ्टी र सञ्जय कृष्णमुर्तिले समान १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो । ओपनर आसिफ शेखले सर्वाधिक ५४ रन बनाए । उनी दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्। उनले ४१ बलमा ६ चौका १ छक्का प्रहार गरे।

मध्यक्रम नचल्दा जनकपुर दबाबमा देखिएको थियो । काठमाडौँका मिलन्दाले सर्वाधिक ३ विकेट लिएर ४ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए । शाहाब आलम र सन्तोष यादवले समान एक/एक विकेट लिए

तपाईको प्रतिक्रिया