Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेका छन्। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार बिहीबार बेलुका टिकट बिक्री खुला गरिएको थियो र २४ घन्टा नबित्दै सबै टिकट सकिएको हो। उनले स्पष्ट गरे, “सबै खेलको होइन, उद्घाटन खेलको मात्र टिकट ‘सोल्ड आउट’ भएको हो।”

क्यानका अनुसार उद्घाटन दिन र शनिबारका खेलका लागि साधारण टिकट रु ५०० र प्रिमियम टिकट रु १,५०० तोकिएको छ। आइतबारदेखि शुक्रबारसम्म हुने खेलहरूमा पनि साधारण टिकट रु ५०० नै रहनेछ भने प्रिमियम टिकट रु १,००० मा उपलब्ध हुनेछ।

यस्तै, प्लेअफ र फाइनल जस्ता महत्वपूर्ण खेलका लागि टिकटको मूल्य केही बढाइएका छन्। ती खेलहरू हेर्न साधारण टिकट रु १,००० र प्रिमियम टिकट रु २,००० पर्नेछ।

एनपिएल सिजन २ आगामी मंसिर १ गतेबाट सुरु हुँदैछ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज आमनेसामने हुनेछन्।

तपाईको प्रतिक्रिया