Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर बिहीबार स्वदेश फर्किएका छन्। राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा सोमबार दोहा पुगेका थिए।

उनीलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका राजदूत रमेशचन्द्र पौडेल र अन्य उच्च अधिकारीहरूले बिदाइ गरेका थिए।सम्मेलनको मुख्य सत्रलाई राष्ट्रपति पौडेलले मंगलबार सम्बोधन गरेका थिए। उनले गरिबी निवारण, उत्पादक रोजगारी, मर्यादित काम र सामाजिक समावेशीकरणजस्ता विषयमा उच्चस्तरीय गोलमेच बैठकमा पनि बोलाएका थिए।

त्यसै दिन उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता पनि गरेका थिए। संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार आयोजित यस सम्मेलनमा विश्वले सामना गरिरहेका विकास असमानता, जनसङ्ख्याको असन्तुलन र प्रविधिको सामाजिक प्रभावजस्ता विषयमा विस्तृत छलफल भएको थियो।

नेपाल हाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेको छ। राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी भएका थिए।

 

 

तपाईको प्रतिक्रिया