समाचार सुन्नुहोस :
काठमाडौँ – जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीहरूका बयान आज (बिहीबार)देखि सुरु भएको छ। विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि उनीहरूको बयान लिँदैछ।
आयोगका अनुसार घटनाका बेला फिल्ड इन्चार्जका रूपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरण समेत आइसकेको छ। भदौ २३ गतेको जेनजी आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर २२ जना प्रदर्शनकारीको मृत्यु भएको थियो।
यसअघि बुधबार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान लिएको थियो।








