समाचार सुन्नुहोस :
काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार बिहान पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँ चपलीस्थित घरको अवलोकन गरेका छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति भण्डारीको घरमा आगजनी भएको थियो। यसअघि मन्त्री अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासको पनि अवलोकन गरेका थिए।
त्यस्तै मंगलबार उनले प्रथम राष्ट्रपति डा. रामवरण यादवको ललितपुर बागडोलस्थित घरमा पुगेर अवलोकन गरेका थिए। सो क्रममा डा. यादवसँग भेटवार्ता पनि गरेका थिए।








