Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसमा मंसिरभित्रै नियमित महाधिवेशन गर्न दबाब बढ्दै गएको छ। संस्थापनइत्तर नेताहरूको अर्को समूहले बिहीबार भेला आयोजना गर्दै त्यसका लागि आवाज उठाएको हो।

कांग्रेस नेता शेखर कोइरालानिकट नेताहरूले मंसिर मसान्तभित्रै महाधिवेशनको कार्यतालिका ल्याउन माग गर्दै महाधिवेशन प्रतिनिधिहरूको भेला बोलाएका हुन्। भेला बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुनेछ, जहाँ देशभरका महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्।

युवा नेता दीपक भट्टराईका अनुसार मंसिर मसान्तसम्म महाधिवेशन सम्पन्न गर्न नसके वर्तमान केन्द्रीय कार्यसमिति भंग गर्नुपर्ने माग उठाइएको छ। ‘नियमित महाधिवेशन नगरी कार्यकाल बढाएर बस्ने छुट छैन, त्यसैले केन्द्रीय कार्यसमिति भंग हुनुपर्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया