Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – विभिन्न १० वाम दल र समूह मिलेर बनेको नयाँ पार्टी ‘नेपाली कम्युनिस्ट पार्टी’ले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। एकता घोषणा भएको भोलिपल्ट बिहीबार आयोगमा निवेदन दर्ता गरिएको हो।

यस नयाँ पार्टीमा साविकका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका दलहरू सहभागी छन्। पार्टीको चुनाव चिन्ह पाँचकुने तारा प्रस्ताव गरिएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दल दर्ता निवेदन प्राप्त भएको पुष्टि गरेका छन्। आगामी २१ फागुनमा हुने निर्वाचनमा सहभागी हुन चाहने दलले यही ३० कात्तिकभित्र दर्ता प्रमाणपत्र लिनुपर्नेछ।

नेता शिव खकुरेलका अनुसार दल एकताको प्रतिबद्धतापत्र र घोषणापत्रसहित निवेदन दिएको हो। उनले दलको विधानलाई अन्तिम रूप दिने काम भइरहेको जनाउँदै, पदाधिकारी टुंगिएपछि आयोगमा आवश्यक सबै दस्तावेज पेश गरिने बताए।

 

तपाईको प्रतिक्रिया