Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने बताएका छन् ।

‘जनेजी आन्दोलनले विशेष परिस्थिति खडा गर्‍यो । नेपालको इतिहासमा यति ठूलो राष्ट्रिय संकट कहिलै पैदा भएको थिएन । संकटबाट देश जोगाउने जिम्मा दलहरुको हो,’ उनले एकता सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘कम्युनिष्टहरु देशभक्त रहँदै आएका छन् । अब कम्युनिस्ट एक भएर नयाँ राष्ट्रिय अभियान चलाएर वैदेशिक चलखेल रोक्ने पर्ने छ । त्यसको सुरुआत यहाँबाट गरिएको छ ।’

उपसंयोजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार र कुशासन रहेको बताए । नेपालले भने, ‘नेपाली राजनीतिको सबैभन्दा ठूलो रोग भ्रष्टाचार हो, कुशासन हो । राजनीतिको अर्को ठूलो रोग आत्मकेन्द्रित चिन्तन हो । जिम्मेवारी पूरा नगरी पद ओगट्ने, ठूला ओहोदामा पुग्ने चाहना राख्ने तर जिम्मेवारी पूरा नगर्ने यो मुख्य समस्या हो । इमान्दारीको अभाव छ, त्याग–तपस्याको कमी छ । त्यसैले हामीले आफ्नो आचरण र व्यवहारबाट जनताको विश्वास जित्नुपर्छ । नयाँ पुस्तामा विश्वास जगाउनुपर्छ ।’

तपाईको प्रतिक्रिया