Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – म्यानमारमा अलपत्र परेका १४ जना नेपालीलाई थाइल्यान्डस्थित नेपाली राजदूतावासले उद्धार गरी स्वदेश पठाएको छ। उनीहरू विभिन्न प्रलोभनमा परी अवैधरूपमा म्यानमार पुगेका थिए।

दूतावासका अनुसार ती नेपालीहरू म्यानमारको म्यावडी क्षेत्रमा सञ्चालन भइरहेका अवैध अनलाइन ठगी केन्द्र (स्क्यामिङ) मा काम गर्न बाध्य थिए। म्यानमार र थाइल्यान्डका सम्बन्धित निकायको सहयोगमा उनीहरूलाई म्यावडीबाट उद्धार गरी थाइल्यान्डको टाक प्रान्तको मेसोट हुँदै कात्तिक १९ गते नेपाल एयरलाइन्सको उडान आरए–४०२ मार्फत स्वदेश फर्काइएको हो।

दूतावासले म्यानमारमा अझै रहेका ११ जना नेपालीलाई छिट्टै फर्काउन समन्वय भइरहेको जनाएको छ। म्यावडीस्थित स्क्यामिङ केन्द्रहरूबाट गत अक्टोबरपछि ३८ नेपालीसहित २८ मुलुकका करिब २ हजार जना विदेशी थाइल्यान्ड प्रवेश गरिसकेका दूतावासले जानकारी दिएको छ।

राजदूतावासले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई नेपाल सरकारले तोकेको कानुनी प्रक्रिया अनुसार श्रम स्वीकृति लिएर मात्र विदेश जान र छिटो पैसा कमाउने प्रलोभनमा परी जोखिमपूर्ण मुलुकहरूमा नजान आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया