Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ अध्यायको सुरुवात भएको छ । विभिन्न कम्युनिस्ट घटकहरूबीच लामो समयदेखिको एकता प्रयासले सार्थकता पाउँदै आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक भव्य समारोहकाबीच नयाँ कम्युनिस्ट पार्टीको औपचारिक घोषणा गरिएको छ ।

यो एकता घोषणाले नेपालको राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ । समारोहमा उपस्थित हजारौं नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिताले पार्टीको भविष्यप्रति आशा जगाएको छ ।नयाँ पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजकमा माधवकुमार नेपाललाई तोक्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । नेता महेन्द्रराय यादवले प्रस्तुत गरेको यो प्रस्तावलाई हलले तालीका गडगडाहटका साथ अनुमोदन गरेको थियो ।

नयाँ कम्युनिस्ट पार्टीको घोषणाले देशको राजनीतिक दिशामा कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी नै छ । तर, यो एकताले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया