समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। बुधबार सुन प्रतितोला ११ सय रुपैयाँले घटेर २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। मंगलबार सुनको मूल्य २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २ हजार ९ सय ९० रुपैयाँमा तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ कम हो।








