Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ-  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशन आगामी पुस १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव गरेका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले उक्त प्रस्ताव पेश गरेका हुन्।

यसअघि सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेलाले भने महाधिवेशन वैशाख २५ देखि २८ गतेसम्म गर्ने प्रस्ताव गरेको थियो।

संस्थापन इतर नेताहरूले भने प्रतिनिधिसभा निर्वाचनअघि नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन्। उनीहरूले विशेष महाधिवेशनको समर्थनमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।

तपाईको प्रतिक्रिया