Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू नख्खु कारागारबाट भागेको नभई प्रशासनकै निर्णयमा बाहिरिएको स्पष्ट पारेका छन् । प्रक्रिया कानुनसम्मत नभएको थाहा पाएपछि स्वेच्छाले पुनः जेल फर्किएको उनको भनाइ छ ।

जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित आयोगले सोमबार नख्खु कारागारमै गएर लामिछानेसँग गरेको भेटमा उनले यस्तो बताएका हुन् । आयोगका सदस्यहरूले ‘तपाईँ कसरी र किन जेलबाट बाहिरिनुभयो ?’ भन्ने प्रश्न गर्दा लामिछानेले भनेका थिए, ‘मैले आफैँ भागेको होइन, तत्कालीन गृह प्रशासन र प्रहरीको पहलमा बाहिरिएको हुँ ।’

स्रोतका अनुसार लामिछानेलाई जेलबाट बाहिर पठाउने काममा क-कसको, के-कस्तो भूमिका छ भन्नेबारेमा स्पष्ट हुनका लागि आयोगको टोलीले भेट गरेको हो । यसअघि विभिन्न व्यक्तिको कल डिटेल्सको आधारमा रवि जेलबाट बाहिर निस्कने घटनामा जोडिएका अन्य व्यक्ति पनि पहिचान भएका थिए । त्यसबारे आयोगले उनलाई सोधपुछ गरेको थियो ।

तपाईको प्रतिक्रिया