Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीचको पार्टी एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्दैछन्।

शर्माले ललितपुरको बखुण्डोलस्थित सत्कार क्याफेमा दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरिएको छ। उनले माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बहिष्कार गर्दै पत्रकार सम्मेलन गर्न लागेका हुन्।

माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको बैठक आज (कार्तिक १८ गते) दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बस्दैछ। उक्त बैठकले पार्टी एकता अनुमोदन गर्ने तयारी गरेको छ।

तर, शर्माले भने यो एकता प्रक्रिया तत्काल रोक्नुपर्ने भन्दै विरोध जनाउँदै आएका छन्। उनले यस प्रक्रियामा सहभागी नहुने र पार्टी अध्यक्ष प्रचण्डसँग अलग भएको घोषणा गरिसकेका छन्।

तपाईको प्रतिक्रिया