समाचार सुन्नुहोस :
काठमाडौँ – ऊर्जामन्त्री कुलमान घिसिङले आफूले मन्त्री पदबाट राजीनामा दिन लागेको खबरहरू कुनै सत्यता नभएको स्पष्ट पारेका छन्। आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न राजीनामा दिने चर्चा चलेपछि उनले ती समाचारहरूमा कुनै सत्यता नभएको बताएका हुन्।
मन्त्री घिसिङले भने, ‘पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रस्ट पार्न चाहन्छु। जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ।’
उनले हाल तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै जनताको अपेक्षा अनुसार काम गरिरहेको पनि स्पष्ट पारेका छन्।








