Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ। गत भदौ २३ र २४ गते राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राख्दै जेनजीहरूले देशभर प्रदर्शन गरेका थिए। ती प्रदर्शनका क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानमा ४५ जनाको मृत्यु भएको थियो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार उनीहरूलाई राज्यको तर्फबाट उनीहरुलाई शहीद घोषणा गर्ने निर्णय गरिएको हो। ‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ । अन्य थपको बारेमा अध्ययन हुँदैछ,’ सञ्चारमन्त्री खरेलले भने ।

तपाईको प्रतिक्रिया