Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’मा सहभागी हुन प्रस्थान गरेकाले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको जिम्मा उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को उपधारा (२) अनुसार आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने सबै कार्य उपराष्ट्रपतिबाट सम्पादन हुने व्यवस्था गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति पौडेल कात्तिक १७ देखि २० गतेसम्म दोहामा हुने सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान प्रस्थान गरेका हुन्।

तपाईको प्रतिक्रिया