Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – लामो समयदेखिको प्रतीक्षापछि विभिन्न वाम घटकहरूबीचको एकता प्रक्रियाले मूर्तरूप लिने भएको छ । आगामी कात्तिक २० गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी दललगायतका विभिन्न समूहबीच बृहत् पार्टी एकता घोषणा हुने भएको छ ।

यो एकतासँगै नवगठित पार्टीको नाम ‘नेकपा समाजवादी’ रहने र त्यसको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने निश्चित भएको छ । माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले पार्टी एकताको मिति टुंगो लागिसकेको पुष्टि गर्दै यसलाई ऐतिहासिक कदमको संज्ञा दिएका छन् । उनले भने, ‘कात्तिक २० मा पार्टी एकता घोषणा हुनेछ । यसका लागि आवश्यक सांगठनिक र प्राविधिक विषयहरूलाई सचिवालय बैठकले अन्तिम रूप दिनेछ ।’

यो एकतामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी दल (महिन्द्र राय यादव नेतृत्वको), नेकपा समाजवादी (राजु कार्की), जनसमाजवादी (सुभाषराज काफ्ले) र नेकपा (चिरण पुन) लगायतका शक्तिहरू सामेल हुनेछन् । यसले नेपालको वामपन्थी आन्दोलनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

नवगठित ‘नेकपा समाजवादी’ को संयोजकमा वर्तमान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहनेछन् । यस एकताले वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्दै देशको राजनीतिक दिशामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ । पार्टी एकताको विस्तृत कार्ययोजना र सांगठनिक संरचनाबारे भने थप छलफल भइरहेको नेताहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया