Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस :

काठमाडौँ – आज आइतबार (कार्तिक १६)देखि देशभरका सरकारी कार्यालयहरू एक घण्टा चाँडै बन्द हुने भएका छन्।

जाडो मौसम सुरु भएकाले माघ १५ गतेसम्म कार्यालय समय घटाइएको हो। यस अवधिमा बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरू अपरान्ह ४ बजे बन्द हुनेछन्। पहिले भने यी कार्यालयहरू बिहान १० बजे खुलेर बेलुकी ५ बजेसम्म सेवा दिँदै आएका थिए।

जाडो महिनामा दिन छोटो हुने भएकाले सरकारको निर्णय अनुसार तीन महिनासम्म कार्यालय समय ६ घण्टाका लागि मात्र रहनेछ।वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म भने कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कायम रहने मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया