Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँको फोहोर लैजान स्थानीयले अवरोध गरेपछि सहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार बञ्चरेडाँडा पुगेका छन्। उनले त्यहाँको ल्याण्डफिल साइट अवलोकन गर्दै फोहोर व्यवस्थापनमा आएको समस्याबारे स्थानीयसँग छलफल गरिरहेका छन्।

स्थानीयको अवरोधका कारण पाँच दिनदेखि काठमाडौँको फोहोर उठाउन सकिएको छैन। उनीहरूले विगतका माग पूरा नभएको भन्दै फोहोर फाल्न रोक लगाएका छन्। यसका कारण काठमाडौँ महानगरपालिका र आसपासका स्थानीय तहबाट दैनिक उत्पादन हुने झण्डै १ हजार २ सय टन फोहोर संकलन हुन नसकेको महानगरले जनाएको छ।

समयमै फोहोर बिसर्जन हुन नसक्दा राजधानीका विभिन्न ठाउँमा दुर्गन्ध फैलिँदै गइरहेको छ।

 

 

तपाईको प्रतिक्रिया