Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीलाई पुनः एकीकृत गर्ने तयारी भइरहेको बताएका छन्। शनिबार काठमाडौंमा आफ्ना निकट नेताहरूको भेलामा सहभागी भएका खनालले अहिले पार्टी टुक्रिएको अवस्थालाई एकतामा ल्याउने लक्ष्य रहेको बताए।

उनले पार्टीलाई बलियो बनाउन र संगठन पुनर्गठन गर्न आफू सक्रिय रहेको उल्लेख गरे। साथै, खनालले उचित वातावरण बनेमा आफूलाई नेकपा (एमाले) मा फर्कन कुनै आपत्ति नभएको पनि स्पष्ट पारे।

तर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई इङ्गित गर्दै भने, “केपी ओलीले घर फर्क भन्नु मात्रै पर्याप्त हुँदैन, फर्किनका लागि ढोका राम्रोसँग खोल्नुपर्छ र बस्ने वातावरण पनि तयार हुनुपर्छ।”

खनालले हाल कम्युनिस्ट आन्दोलनलाई फराकिलो एकतामा पुर्‍याउन विभिन्न नेतासँग छलफल भइरहेको बताएका छन्।

 
 

तपाईको प्रतिक्रिया