Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसमा महाधिवेशनको विषय झन् पेचिलो बनेको छ। बिहीबारको केन्द्रीय समितिको बैठक महामन्त्री गगन थापाले बहिष्कार गरेपछि, यसलाई उनीहरूको विद्रोहको रूपमा लिइएको छ।महामन्त्री थापाले मंसिरभित्र नियमित वा विशेष महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने प्रयास गरेका थिए। तर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले त्यसमा सहमति नजनाएपछि उनले बैठक बहिष्कार गरेका हुन्।

यसैबीच नेता शेखर कोइरालाले दुई महामन्त्री—गगन थापा र विश्वप्रकाश शर्मासहितका नेतासँग भेटेर विवाद समाधानका विषयमा छलफल गरेका छन्। शुक्रबार बिहान भएको छलफलमा कोइराला पक्षका अन्य नेताहरू पनि सहभागी थिए। उनीहरूले नियमित महाधिवेशनको कार्यतालिका ल्याउनेबारे चर्चा गरेका छन्। असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए। अब त्यसबारे निर्णय केन्द्रीय समितिले गर्नुपर्ने अवस्था आएको छ।

कांग्रेसभित्र अहिले नियमित वा विशेष महाधिवेशन कहिले गर्ने भन्ने विषयमा मतभेद छ। संस्थापन पक्ष तत्काल महाधिवेशनमा जान नचाहे पनि, दुई महामन्त्री र शेखर कोइराला पक्ष तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। कांग्रेसको हालको कार्यसमितिको कार्यकाल मंसिरसम्म छ, तर विधानअनुसार एक वर्षसम्म थप गर्न सकिने व्यवस्था छ। असोज २८ देखि जारी केन्द्रीय समितिको बैठक आज पनि दिउँसो १ बजे बस्ने भएको छ।

 

 

तपाईको प्रतिक्रिया