Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गर्दै गर्दा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

उद्योगहरूमा भइरहेको विद्युत् कटौतीको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनी अचानक ढलेका थिए। ढलेपछि उनलाई तुरुन्तै उपचारका लागि क्रिमसन अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।

ट्रंक र डेडिकेटेड लाइनको विवादका कारण रुपन्देहीका उद्योगीहरूले आन्दोलनको घोषणा गरेका थिए। सोही क्रममा गौतमले कार्यक्रममा सम्बोधन गरिरहेका थिए।

तपाईको प्रतिक्रिया